९ माघ, मकवानपुर । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रको शिर नझुकाइ र जनताको आत्मसम्मानमा चोट नपुग्नेगरी छिटै नै नाकाबन्दी खोलिने बताएका छन् ।
मकवानपुर उद्योग वाणिज्य संघको ४९ औ वार्षिक साधारण सभाको शनिवार एक समारोहबीच उद्घाटन गर्दै छिट्टै मधेस आन्दोलनले निकास पाउने बताए ।

दाहालले संविधान जारी भएपछि देखिएका राजनीतिक कम्पनहरु रोकिएपछि मुलुक आर्थिक समृद्धिको बाटोमा अघि बढ्ने दाबी गरे ।
४९ औ वार्षिक साधारण सभामा ४९ किलो तौल भएको माला लगाएर संघले उहाँलाई स्वागत गरेको थियो ।
कार्यक्रममा बोल्दै दाहालले हेटौंडा–काठमाडौं सुरुङ मार्ग निार्माण गर्न सरकारले लगानी गर्ने तयारी भएको बताए ।











