२ पुस, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्प गएको नौ महिनापछि पुनर्निर्माण महाअभियान उद्घाटन गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले बैशाख १२ गतेको विनाशकारी भूकम्पको बेला क्षति पुगेको काठमाडौंको रानीपोखरीको पुनर्निर्माण अभियानको उद्घाटन आज गरेकी हुन् ।

नीतिगत रूपमा केही काम सुरु भए पनि निजी घर, सार्वजनिक र पुरातात्विक संरचना पुनर्निर्माण भने तत्काल सुरु नहुने प्राधिकरणले जनाएको छ ।
सम्बन्धित मन्त्रालयहरूले पेस गरेको बजेट स्वीकृतिको चरणमा छ । सोही कारण वास्तविक काम थाल्न समय लागेको हो । रानीपोखरी पुनस्निर्माणको बोलपत्र आहवान समेत भइसकेको छैन । वास्तविक पुनर्निर्माण भने वैशाखपछि हुने छ ।











