२२ पुस, काठमाडौं । पूर्वअर्थमन्त्री डा. रामशरण महतले तत्कालीन माओवादीको १० वर्षे जनयुद्ध र बढ्दो अनुशासनहीनताका कारण आर्थिक वृद्धिदर ६ प्रतिशतबाट माथि जान नसकेको दावी गरेका छन् । बेलायतको द बैंकर पत्रिकाले फाइनान्स मिनिस्टर अफ २०१६ घोषणा गरेका पूर्वअर्थमन्त्री डा. महतले आफूले लिएका अर्थनीतिका कारण पूर्वाधारको क्षेत्रमा उल्लेख्य विकास भएको दावी गरे । महतका कारण नेपालको अर्थतन्त्रमा नकारात्मक असर परेको भनी नेपालका संचारमाध्यम र सामाजिक संजालहरुमा आलोचना भैरहेका वेला उनले आफ्नो वचावट गर्दै त्यसको दोष माओवादीलाई दिए ।

काठमाडौंमा वुधबार आयोजित कार्यक्रममा उनले जनयुद्धका कारण आर्थिक वृदिदर ६ प्रतिशतबाट माथि जान नसकेको दावी गरे ।
पूर्वअर्थमन्त्री डा. महतले अपेक्षित आर्थिक वृद्धिदर नभए पनि आर्थिक सूचकहरु नकारात्मक नहुनुलाई उपलब्धी मान्नुपर्ने बताए ।











