२१ पुस, काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधान संशोधन विधेयक पारित भएको भोलिपल्टै मधेश आन्दोलन टुंगिने दाबी गरेका छन् ।

काँग्रेसका वरिष्ठ नेता देउवाले मंगलबार काठमाडौमा राष्ट्रिय दलित सदनको दोस्रो बैठकको उद्घाटनका क्रममा संविधान संशोधन भएको भोलिपल्ट मधेश आन्दोलन टुंङ्गिने दाबी गरेका हुन् । उनले अन्तरिम संविधानमा भएका अधिकार कटौती गरिएका कारण मधेशवादी दलहरुले आन्दोलन गरेकाले आन्दोलनलाई स्वभाविक रुपमा लिनुपर्ने भन्दै संविधान संशोधन गर्दा मधेशवादी दलहरुका भावनालाई समेटिनुपर्ने बताए ।
काँग्रेसका वरिष्ठ नेता देउवाले पार्टी सभापति सुशिल कोइरालामाथि पार्टीलाई एकढिक्का बनाउन नसकेको आरोप समेत लगाउनुभयो । उहाँले पार्टीलाई एकताबद्ध गर्ने काम सभापतिको भए पनि सभापति कोइराला त्यो मामिलामा चुकेको आरोप लगाए ।











