२० पुस, काठमाडौं । भारतीय आयल कर्पोरेसनले इन्धनको मात्रा बढाएपछि नेपाल आयल निगमले निजी सवारी साधनलाई बुधबारदेखि इन्धन बितरण गर्ने भएको छ । निगमका प्रबन्ध निर्देशक गोपाल बहादुर खड्काका अनुसार इन्धन मौज्दात बढेकाले बुधबारदेखि तीन दिन इन्धन दिने योजना बनाएको हो ।
तीन दिन निजी सवारी कारजिपलाई १५ लाख लिटर इन्धन वितरण गरिने छ । उक्त इन्ध लटअनुसार वितरण गरिने खड्काले बताए ।
‘इन्धन मौज्दातको अवधिलाई हेरेर निजी सवारी ९चार पाङग्रे०लाई बुधबारदेखि तीन दिन वितरण गरिनेछ,’ उनले भने, ‘ती सवारी साधनहरुलाई लटअनुसार वितरण गर्नेछौं ।’
निगमका अनुसार चार पाङग्रे सवारीलाई बुधबार, शुक्रबार र सोमबार वितरण गरिने छ । अहिले थानकोट डिपोमा १४ सय किलोलिटर पेट्रोल र ३ हजार ४ सय किलोलिटर डिजेल मौज्दात छ ।














