२० पुस, काठमाडौं । कांग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मधेसी मोर्चासँग मंगलबारसम्ममा सहमति हुने खुलासा गरेका छन् ।
बालुवाटार आइतबार भएको वार्ताबाट बाहिरिने क्रममा देउवाले संचारकर्मीहरुलाई को छलफल सकारात्मक रहेको र मंगलबारसम्म सहमति हुने बताएका हुन्।

मधेसी दलले राखेका मागका बारेमा विस्तृतमा छलफल भएको जानकारी दिए। ‘सौहाद्रपूर्ण वातावरणमा छलफल भएको छ। निश्कर्ष छिटै निस्किन्छ’ , उनले भने।
मोर्चाले भने आन्तरिक छलफल गर्ने तयारी गरेको छ । महन्थ ठाकुरबाहेक मोर्चाका अन्य तीन दलका अध्यक्ष भने वार्तामा सहभागी थिएनन् ।











