१२ पुस, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूले यहीवर्षभित्र दुई छिमेकी मुलुक भारत र चीनको भ्रमण गर्ने बताएका छन् । ओली सरकार एक वर्ष पनि नटिक्ने अवस्था देखिएका वेला प्रधानमन्त्री ओलीले दुई छिमेकी मुलुकको भ्रमण गर्ने बताएका हुन् । चीन गएर परराष्ट्रमन्त्री कमल थापाले प्रधानमन्त्री ओलीको भ्रमणको तारतम्य मिलाएर आएपछि ओलीले आज संचारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।
पहिले चीन भ्रमण गराएर ओलीप्रति अझै वितृष्ण जगाएर भारतको एकलौटी समर्थन आफूले लिने र हिन्दू राष्ट्र पुनस्र्थापनाका लागि भारतबाट मोटो रकम आफूले लिने दाऊमा लागेका थापाको चंगुलमा ओली परेको विश्लेकहरुले बताएका छन् ।
सोमबार बालुवाटारस्थित निवासमा संचारकर्मीहरुसँगको साक्षात्कारमा आफूले यहि वर्षभित्र भारत र चीनको भ्रमण गर्ने योजना बनाएको बताए । भारत र चीनमध्ये कुन मुलुकको भ्रमण पहिला गर्ने भन्ने बारेमा भने उनले जवाफ दिएनन् ।












