धर्मराज कठायत
११ पुस, कञ्चनपुर । उपप्रधानमन्त्री तथा नेकपा मालेका महासचिव सिपी मैनालीले भारतले अघोषित रुपमा नेपालमाथि गरेको नाकाबन्दी अघोषित रुपमै फिर्ता लिन आग्रह गरेका छन् । बताएका छन् । नेकपा मालेको कञ्चनपुर जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै मैनालीले भारतको व्यवहारको आलोचना गर्दै नाकाबन्दी फिर्ता लिन आग्रह गरेका हुन् ।

नेपाली जनताले ल्याएको समावेशी र लोकतान्त्रिक संविधान र उत्कृष्ट रहेको भन्दै संविधानकै विषयलाई लिएर भारतले खुशी व्यक्त गर्नुको साटो उल्टो नाकाबन्दी गर्नु दुःखद रहेको मैनालीले बताए ।
भारतले गरेको नकाबन्दीले देशलाई निकै पछाडि धकेलेको भन्दै उनले संविधानमा विरोध गर्ने र मतभिन्नता राख्ने प्रजातान्त्रिक अधिकार रहेको भए पनि प्रष्ट पारे । संविधान नै च्यात्ने र जलाउने क्रियाकलापले देश अस्थिरताको बाटोमा धकेलिने उनको भनाइ थियो ।
संवाद र सहमतिबाटै सबै समस्याको समाधान गर्न सकिने भएका कारण सबै आन्दोलनरत पक्षलाइ वार्ता र सम्वादको माध्यामबाट समस्याको हल खोज्न समेत उनले आग्रह गरे ।











