७ पुस, काठमाडौं । नेपाली सेनाले बम डिस्पोजल रोबोट खरिद गरेको छ । गणेशविक्रमसिंह आले मगर जीबिएस टिमसँग सेनाले सो बम डिस्पोजल रोबोट खरिद गरेको हो । सेनाले मिलिटरी भर्सनमा अपग्रेड गरी डिस्पोजल रोबोट खरिद गरेको जनाएको छ । २०७० चैत्र २६ गते नेपाली सेनाको प्रमोटाइप डेभलपमेन्ट टिमले आयोजना गरेको मिलिटरी साइन्स एण्ड टेक्नोलोजी कम्पिटिसनमा प्रथम भएको बम डिस्पोजल रोबोट खरिद गर्न गत भदौं भदौ २८ गते सम्झौता भएको थियो ।
सैनिक मुख्यालयमा मंगलबार भएको समारोहमा मगरले प्रधानसेनापति राजेन्द्र क्षत्रीलाई बम डिस्पोजल रोबोट हस्तान्तरण गरेका हुन् । यस किसिमको बम डिस्पोजल रोबोटको खरिदबाट नेपाली उत्पादकलाई प्रोत्साहन मिल्नुको साथै सानातिना झाडी/बुट्यान, सडक छेउछाऊमा सुरक्षित तवरले सहज रुपमा डिस्पोज गर्न मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको जनाएको छ ।












