६ पुस, काठमाडौं । भधेसी मोर्चाका नेतालाई भारतीय राजदूतले निवासमै बोलाएर हकारेपछि मोर्चाका नेताहरु कांग्रेसको शरणमा पुगेका छन् । दिल्लीमै बोलाएर भनेको कुरा नमानेका कारण भारती रादूतले लैनचौरमा आज बोलाएर हकारेपछि अब कसो गर्ने भनी मोर्चाका नेता सुशील कोइराला निवासमा पुगेका हुन् । कांग्रेससँग मिलेर अगाडि बढ्ने भारतले दिएको निर्देशनलाई नसुनेका मोर्चाका नेता सोमबार साँझ कोइराला निवास पुगेका हुन् । कांग्रेसका सभापति कोइरालालाई प्रधानमन्त्री पदमा जिताउने गरी भारतले बनाएको योजनामा समेत समस्या देखिएको भन्दै भारत आक्रोस व्यक्त गरेपछि मोर्चाका नेता अन्ततः कांग्रेसको शरणमा पुगेको हो । मधेसबाट कम्युस्टि सखाप पार्ने गरी तयार रहन भारतले निर्देशन दिएको समेत उच्च स्रोत बताउँछ ।

त्यस्तै कांग्रेसको आसन्न महाधिवेशनका लागि मोर्चाका आन्दोलनले असर गरेको भन्दै कांग्रेस नेतृत्वले भारतसँग गुनासो गरेको थियो । कांग्रेस कमजोर भए कम्युनिस्ट बलियो हुने भन्दै मधेसको ठेक्का अब मधेसी दल र कांग्रेसले लिनुपर्ने प्रस्ताव भारतीय दूतावासमा कांग्रेसले नै पर्याएको बताइन्छ ।
सरकारसँगको औपचारिक वार्ता रोकिएको बेला प्रतिपक्षी दल कांग्रेससँग भने मोर्चाको पटक पटक वार्ता हुनुलाई रहस्यपूर्ण रुपमा हेरिएको छ । शनिबारपनि कांग्रेस र मोर्चा वार्ता महाराजगंजमै भएको थियो ।











