५ पुस, काठमाडौं । प्रहरीसँगको झडपका क्रममा प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालय रौतहट सदरमुकाम गौर नगरपालिका आसपासमा कर्फ्यू लगाएको छ ।
दिनभर तनावग्रस्त रहेको गौरमा प्रहरीको चेतावनी अस्वीकार गर्दै प्रदर्शनरत मोर्चाका एक कार्यकर्ता शेख तबरेज गोली लागेर मारिएपछि प्रशासनले कर्फ्यू लगाएको हो ।
झडप रोकी स्थिति नियन्त्रणमा लिन प्रशासनले केहीबेर अघिबाट गौर नगरपालिका र त्यस आसपासका भूगोलमा अनिश्चितकालिन कर्फ्यू लगाएको हो ।
प्रशासनको कर्फ्यूका बीच प्रदर्शन जारी रहेपछि गौरमा झनै तनाब बढेको छ ।












