४ पुस, रौतहट। रौतहटको सदरमुकाम गौरमा झडप हुँदा गोली चलेको छ । आन्दोलनरत मधेसी मोर्चा र प्रहरीबीच विपी चोकमा झडप जारी छ।
मधेसी मोर्चाका कार्यकर्ताले प्रदर्शन गर्दै बाटो अवरुद्ध गर्न खोजेपछि प्रहरीले हस्तक्षेप गरेको थियो । प्रहरीले एक प्रदर्शनकारीलाई पक्राउ गर्न खोजेपछि झडप भएको थियो । प्रदर्शनकारीले प्रहरीमाथि आक्रमण गरेका कारण प्रहरीले गोली चलाएको हाम्रा संवाददाताले जनाएको छन् ।

झडपका क्रममा मोर्चाका कार्यकर्ताले प्रहरीमाथि ढुंगामुढा गरेका छन् । प्रहरीले १६ राउण्ड अश्रुग्यासका साथै केही राउण्ड हवाइ फायर गरेको छ ।
६ प्रहरी घाइते भएका छन् भने केही प्रदर्शनकारी समेत घाइते भएका छन् । अवस्था अहिले पनि तनावग्रस्त छ ।













