१ पुस, काठमाडौं । यस वर्षको प्रवेशीका परीक्षा एसएलसी चैत १८ गतेदेखि हुने भएको छ । वुधबार बसेको माध्यमिक शिक्षा उतिर्ण परीक्षा समितिले चैत १८ देखि २९ गतेसम्मका लागि परीक्षाको कार्यतालिका तय गरेको छ । यसअघि चैतको पहिलो हप्ता हुँदै आएको परीक्षा तराईमा जारी आन्दोलन र भूकम्पले विद्यालयहरुमा कक्षा प्रभावित भएकाले २ हप्ता सारिएको हो ।
यस वर्षदेखि नै एसएलसी प्ररीक्षामा ग्रेडिङ प्रणाली लागू हुँदै छ ।











