२९ मंसिर, काठमाडौं । व्यस्थापिका संसदको मंगलबारको बैठकमा दुई विवादास्पद तर महत्वपूर्ण विधेयक पेश भएका छन् । मधेसी दलका सांसदहरुको नारावाजीका बीच पुनर्निर्माण प्राधिकरण विधेयक र संविधान संशोधन विधेयक पेस संसदमा पेश गरिएका हो । प्रमुख प्रतिपक्षी कांग्रेसले भने आज कुनै अवरोध गरेन । भूकम्प सम्बन्धी पुनर्निर्माण विधेयक बढाउन मात्र सहमति जनाएका मधेसी दलले बैठकको कार्यसूचीमा अन्य विषय पनि ल्याइएपछि विरोधमा उत्रिएका हुन् । विधायन समितिका सभापति गंगा चौधरीले भूकम्पबाट प्रभावित संरचना पुनर्निर्माण विधेयक सम्बन्धी प्रतिवेदन पेस गरे भने कानुन मन्त्री अग्नी खरेलले संविधानको पहिलो संशोधन विधेयक पेस गरेका थिए।

दुवै विधेयक पेस भइसकेपछि सभामुख ओन्सरी घर्तीले पुस १ गते सम्मका लागि बैठक स्थगित गरेकी छन् ।
व्यवस्थापिका संसद बैठकमा मधेसी दलसँग आवद्ध सभासदहरुले नारावाजी गर्दै रोष्टम घेराउ गरे। बैठक बसेको केही बेरमै उनीहरुले नारावाजी गर्न थालेका थिए ।











