२८ मंसिर, काठमाडौं । संक्रमणकालको नाउँमा देशमा एनजिओ र आइएनजिओले धेरै काम पाएका छन् । इन्धन नपाएर जनता छटपटाइरहेको मौका छोपेर प्रसिद्ध अभिनेता राजेश हमाललाई कार्यक्रममा बोलाएर एउटा एनजिओले नेताहरुलाई भयंकर गाली गर्न लगाएको छ । ‘म नेपाली हाम्रो नेपाल नाम दिएर गरिएको कार्यक्रममा अभिनेत्री निशा अधिकारीको ग्ल्यामर समेत प्रदर्शन गरिएको थियो ।
अमेरिकाका पूर्व राष्ट्रपति अब्राहम लिंकनको प्रजातन्त्रबारे भनाइलाई आधार मान्दै राजेश हमालले नेपाली नेताको उछितो काढे । लिंकनको भनाइ –अफ द पिपल, बाई द पिपल र फर द पिपल लाई नायक हमालले डेमोक्रेसी इज द गर्भमेन्ट अफ द पिपुल (जनतालाई बन्द अर्थात् अफ गरिएको), बाई द पिपुल ९जनता किनेर० र फार द पिपुल ९जनताबाट टाढा० का रुपमा नेपालमा लागू भएको विश्लेषण गरे ।
‘पोजेटिभ लिडरसिप’ बारे रसियन कल्चर सेन्टरमा आयोजित कार्यक्रममा उनले सही नेताले सही मान्छेलाई सही ढंगबाट संयोजन गर्नसक्नु पर्ने बताए
मुलुकमा उत्पन्न राजनीतिक संकट, भारतको नाकाबन्दी र जनताले पाएको दुस्ख हेर्दा हाम्रा नेताहरुको नेतृत्व क्षमतामाथि प्रश्न उठेको समेत हमालले बताए । राजनीतिमाथि टिप्पणी गर्दै उनले भने, ‘जो नेता पदमा हुँदा आफूले सबै कुरा जानेको छु भन्ठान्छ, ऊ समस्यामा पर्छ ।’
हमालले पहिलो संविधानसभा निर्वाचनको प्रसंग कोट्याउँदै भने, ‘पहिला प्रचण्डजी, बाबुरामजी भनेर कतिजना ज्यान फालेर लागे, अब लाग्दैनन् । किनकी जनता त्यसबेला ती नेताका पछि लागेका थिएनन्, उनीहरुको आवाजको पछि लागेका थिए । जनता र उनीहरुको आवाज एउटै थियो । तर अहिले त्यो परिवर्तन भएको छ । उनीहरुले कुनै आमसभा गर्यो भने अब पैसा तिरेर मान्छे ल्याउनु पर्ने हुन्छ ।’
हमाल लगायत ग्ल्यामर अभिनेत्री निशा अधिकारी विकाउ कानुनविद् भिमार्जुन आचार्य, नाम चलेका बैंकर अनिल शाहलगायतलाई सो एनजिओले मोटो रकम दिएर कार्यक्रममा लगेको थियो ।













