२६ मंसिर, काठमाडौं । नेपाली फुटबल टोलीका खेलाडीले कुनकुन अन्तर्राष्ट्रिय खेलमा मिलेमतो (म्याच फिक्सिङ) गरेका थिए भन्ने एसियाली फुटबल महासंघ एएफसीको अनुशासन कमिटिले खुलासा गरेको छ । म्याच फिक्सिङका कारण आजीवन प्रतिबन्ध खेपेका पाँच खेलाडीले मिलेमतो गरेको खेलका बारे एएफसीले जानकारी सार्वजनिक गरेको हो ।

एएफसीले सागर थापा, सन्दिप राई, रितेश थापा, अन्जन केसी र विकास सिंह क्षेत्रीले कुन कुन खेलमा मिलेमतो गरेका थिए भन्ने जानकारी सार्वजनिक गरेको छ । हेर्नुहोस् एएफसीले सार्वजनिक गरेको विवरण :
अञ्जन केसी
- सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा अफगानिस्तासँगका मैत्रिपूर्ण खेल
सागर थापा
- सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा अफगानिस्तासँगको मैत्रिपूर्ण खेल
- सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल
- र, सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल
रितेश थापा
- सन् २००९ को अक्टोबर १७ र डिसेम्बर ९ मा अफगानिस्तासँगको मैत्रिपूर्ण खेल
- सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल
- र सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल
सन्दिप राई
- सन् २०११ को अक्टोबर ११ मा फिलिपिन्ससँग भएको मैत्रिपूर्ण खेल
- सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल
- र सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल
विकास सिंह क्षेत्री
- सन् २००८ को १७ अक्टोबरमा अफगानिस्तानसँग भएको मैत्रिपूर्ण खेल
- र, सन् २०११ को अक्टोबर १५ मा मलेसियासँग भएको २३ वर्षमुनिको खेल