२६ मंसिर, कैलाली । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालको सत्ता पक्ष र आन्दोलनरत मधेसी पक्ष दुवैलाई प्रयोग गरेर भारतले आफ्नो स्वार्थ पूरा गर्न खोजेको ठहर गरेका छन् । कैलाली पुगेका भट्टराईले नेपाल सरकारसँग भारतले गोप्य सहमति गरेको र ओली सरकारले त्यो पूरा नगरेपछि मधेसी मोर्चाका आडमा भारतले आफ्नो स्वार्थ पूरा गर्न लागिपरेको खुलासा गरे ।

भारतले मधेसी जनतालाई साथ दिएजस्तो गरी आफ्नो स्वार्थ पूरा गर्न खोजेको पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दावी गरेका गरे । नेपालमा नयाँ शक्ति निर्माण अभियानले आज कैलालीको धनगढीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा. भट्टराईले भारतले मधेशी जनतालाई साथ दिएजस्तो गरी स्वार्थ लिन खोजेको बताए ।
डा. भट्टराईले नेपाल र भारतका शासक बीच भारतमा गोप्य सहमती भएको भन्दै, नेपाली शासकले बचन पूरा गर्न नसकेकाले भारतले अघोषित नाकाबन्दी गरेको आरोप लगाए ।
भारतनिकट व्यक्तिका रुपमा चिनिने भट्टराईको यो भनाइलाई निकै महत्वका साथ हेरिएको छ ।











