२५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएको समस्या केही दिनमै सहज हुने विश्वास व्यक्त गरेका छन् ।
सरकारी निवास बालुवाटारमा सहकारी संघका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री ओलीले समस्या सामधानका लागि मधेसी दलसँग गम्भीर छलफल भइरहेको जानकारी दिए ।
उनले सहकारी आर्थिक क्षेत्रको मेरुदण्ड भएकाले यसको विकासका लागि आफू प्रतिबद्ध रहेको बताए । सहकारीमा देखिएका समस्याप्रति जानककार रहेको भन्दै उनले सबैको पहलबाट समाधान निस्कने जनाए ।
सहकारीका प्रतिनिधिले भने भूकम्प र नाकाबन्दीका कारण सहकारीको अवस्था कमजोर भएकाले समस्या समाधानमा गम्भीर बनिदिन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । मुलुकमा देखिएको आर्थिक मन्दीको प्रभाव सोझै सहकारीमा परेकाले समाधानको उपाय खोज्न उनीहरुको आग्रह थियो ।












