२२ मंसिर, काठमाडौं । संवैधानिक परिषद्ले प्रमुख निर्वाचन आयुक्तमा अयोधीप्रसाद यादवलाई नियुक्त गर्न सिफारिश गरेको छ। उनी यसअघि निलकण्ठ उप्रेती नेतृत्वको आयोगमा आयुक्त थिए।

उप्रेतीले अवकाश पाएपछि आयोग प्रमुख पद रिक्त छ। आयोगमा अन्य दुई आयुक्तको पद पनि रिक्त छ। आजको परिषद् बैठकले ती पदमा कसैलाई पनि सिफारिस गरेको छैन।
यादवको नाम संसदीय सुनुवाइका लागि सुनुवाइ समितिमा पेश हुने छ। समितिले यादवलाई अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई प्रमुख निर्वाचन आयुक्तमा नियुक्त गर्नेछन् ।











