२० मंसिर, काठमाडौं । लामो समयदेखि रक्सौल बजारनजिकै लाइनमा बसेका नेपालका लागि ग्यास भरेर फर्किका ग्यास बुलेटहरु नेपाल आउन नदिएर भारतीय प्रशासनले विहारको जंगलतिर पठाएको छ । ग्यास बुलेटबाट ग्यास चुहिन थालेपछि विष्फोटको खतरा बढेको छ । विष्फोटको खतरासँग भारतीय पक्षले ग्यास बुलेटलाई धमाधम खुला स्थान र जंगलतिर सार्न थालेको छ ।

ग्यासका तीनवटा बुलेट चुहिएपछि विस्फोट हुने त्रासले अन्यन्त्र सार्न थालिएको छ ।
सीमा क्षेत्रमा रोकिएका ग्यास नेपाल नपठाएर रक्सौलको स्थानीय प्रशासनले पछाडि सार्दै लगेको नेपाल आयल निगमका अमलेखगन्ज डिपो प्रमुख भानु खनालले बताए । उनका अनुसार लाइनमा भएका ग्यास बुलेट क्रमश खुला स्थानमा लगिएको छ ।













