कृष्णा शर्मा
१९ मंसिर, काठमाडौं । सत्तारुढ दल र कांग्रेसले बोलाएको वार्तामा आउँदै नआई मधेसी मोर्चाका नेताहरु भारत गए भने आफूहरु पत्ता साफ नै हुने हो कि भनेर त्रसित बनेर तीन दलले शनिबार भेटघाटकै लागि भए पनि मधेसी नेतालाई वार्तामा बोलाए । वार्ता त के हुनु थियो भारत ताकिसकेका मधेसी नेता वालुवाटारमा गएर वार्ता हुने र छलफल हुने र सहमति हुने कुनै सम्भावना थिएन । तर पनि ख्वामितसँग सम्बन्ध नविग्रियोस् र ख्वामितले शुक्रबार लैनचौरमा के भने त्यो पनि आशय बुझौं भनेर तीन दलले मधेसी मोर्चाका नेतालाई शनिबार राति वालुवाटारमा बोलाएका थिए । जाडो यामको समयमा ७ बजे वार्ता राखिएको थियो वालुवाटारमा तर डलर र युरो पचाउने कार्यक्रमतिर एमाओवादीका नारायणकाजी र फोरम नेपालका उपेन्द्र यादव व्यस्त रहेपछि करिब ८ बजेतिर मात्रै वालुवाटारमा भेटघाट सुरु भएको थियो । हिमालयन होटलमा गरिएको अन्तरक्रिया विभिन्न दूतावासको सहयोगमा संचालित थियो र हरेक संकटमा रकम कमाउन सिपालु भाष्करराज कर्णिकार यसका मध्यस्थकर्ता थिए । उनी एभिन्युज टिभीका संचालक हुन् । कर्मचारीलाई तलब नदिई अनेक शोषण गर्ने भाष्करले नेपाल वान टेलिभिजनको रकम भुक्तान गर्नुपर्ने भएपछि करको बाहनामा असी लाख रकम झ्वाम् पारेका थिए । उनले नेशनल टेलिभिजनका संचालक युनुश अन्सारी र हिमालयन टेलिभिजनका संचालक ललित अग्रगाललाई समेत ठूलो रकम तिर्न बाँकी छ, उनीहरु भाष्करका शेयरधनीका रुपमा एभिन्युज टिभीमा रहेका थिए ।
भास्करले विभिन्न मिडियासँग रकम उठाउने तर पछि बेइमानी गर्ने प्रवृत्ति यतिवेला नेपाल समाचारपत्रसँग गरेका छन् । निकटको सम्बन्ध रहेका पुष्करलाल श्रेष्ठसँग समेत उनले बेइमानी गरेका कारण नेपाल समाचारपत्रले आफ्नो लोगो दुरुपयोग गरेको बताएको छ ।
निर्णायक वार्ता भनिएका वार्ताहरुमा त चिया विस्कुट र नेताहरुको हाँसोमै बैठक सकिँदै आएको छ भने शनिबारको वार्तामा कुनै छलफलको विषय थिएन । त्यति थियो ख्वामितलाई हाम्रो बारेमा गलत कुरा नलगाइदेऊ भनेर प्रमुख तीन दलले भन्न चाहेका थिए र त्यो भने, शनिबारको वार्ता सकियो ।
आइतबार युरोपियन युनियन र चिनियाँ दूत भनेर चिनिने उपेन्द्र यादव र भारतका खाँटी तर भारतले अमरेश सिंहभन्दा तल्लो प्राथमिकतामा राखेका महन्थ ठाकुर दिल्ली दरबार जाँदैछन् । त्यसैले वालुवाटारमा शनिबार उनीहरुको शान बेग्लै प्रकारको भएको वालुवाटार स्रोतले बतायो ।












