१८ मंसिर, काठमाडौं । भारतीय योजनामा तराईका केही जिल्लामा आन्दोलनरत मधेसी मोर्चाका शीर्ष नेताहरू आइतबार दिल्ली जाने भएका छन्। सरकारले दिल्लीको सहमति लिएर आएपछि मधेसी मोर्चाका नेता नमानेपछि उनीहरुलाई दिल्लीले नै सम्झाउन लागेको हो । शुक्रबार भारतीय राजदूतले दुतावास लैनचौरमा मधेसी मोर्चाका शीर्ष नेताहरुसँग वार्ता गरेका थिए । तर राज्दूतको तहबाट मात्र भारतीय ईच्छा र निर्णय परिवर्तन हुन नसकेका कारण मोर्चाका नेता भारत नै जान लागेका हुन् ।
उच्च स्रोतका अनुसार मोर्चाका नेताहरूको भारतीय विदेश मन्त्री सुष्मा स्वराजसँग बैठक तय भएको छ। त्यस्तै मोर्चा नेताले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभल तथा विभिन्न राजनीतिक दलका नेताहरूसँग पनि भेट गर्ने छन्। मोदीसँगको भेटबारे भने अहिलेसम्म तय भएको छैन।
निर्णायक वार्ता गर्ने पूर्ण गृहकार्यमा बसेका कांग्रेस, एमाले र एमाओवादी भने जिल्ल परेका छन् । तीन दलले मधेसी मोर्चासँग गर्ने भनिएको वार्ता शुक्रबार हुन सकेन। वार्ताका लागि तीन दलका नेताहरुले प्रधानमन्त्री निवास वालुवाटारमा पर्खिरहँदा मोर्चाका नेताहरू भारतीय दूतावास लैनचौरमा भारतीय राजदूत रन्जित रेसँग भेट गरिरहेका थिए। योसँगै ओली सरकार थप निरीह बनेको छ ।












