१७ मंसिर, सर्लाही । मधेसी मोर्चाले सर्लाहीको नवलपुरमा गरेको आमसभामा सद्भावना पार्टीका अध्यक्ष महन्थ ठाकुरले सम्बोधन गर्न खोज्दा गोली चलेको छ । उपेन्द्र यादव र राजेन्द्र महतोबीच तीव्र मतभेद भएको अवस्थामा नवपुरको आमसभामा उपेन्द्रले सम्बोधन नगरी राजेन्द्रले सम्बोधन गर्न लाग्दा गोली चलेको हो ।
भारतको महत्वपूर्ण सन्देश आएको भन्दै महन्थ ठाकुर र उपेन्द्र यादव काठमाडौं फर्किएपछि आमसभालाई राजेन्द्र महतो र महेन्द्र यादवले सम्बोधन गरेका थिए ।
छाडेर मधेसी दलका दुई शीर्ष नेताहरु अचानक काठमाडौं फर्केका थिए ।
संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका संयोजक तथा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर अचानक काठमाडौं फर्केका हुन् ।
नवलपुरमा आज भइरहेको आमसभालाई सम्बोधन नगरी दुबै नेताहरु जनकपुरबाट जहाजमा काठमाडौं आएका हुन् ।
उपप्रधान तथा परराष्ट्र मन्त्री कमल थापा दुई दिने भारत भ्रमणबाट फर्केलगत्तै सहमति जुटाउनका लागि उनीहरु सर्लाहीबाट काठमाडौं आएको स्रोतको भनाइ छ ।
दुबै नेताहरु जनकपुर विमानस्थलबाट बिहान ११ बजेको बुद्ध एयरको उडानबाट सुटुक्क काठमाडौं आइपुगेका थिए ।
यादव र ठाकुर काठमाडौं आएपछि नवलपुरको आमसभालाई सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवले सम्बोधन गरेका थिए ।
ठाकुर र यादव काठमाडौं आएपछि नवलपुरमा पनि तनाव भएको थियो । राजेन्द्र महतोले सम्बोधन गर्नै लाग्दा आमसभास्थलमा गोली चलेपछि त्यहाँको अवस्था तनावग्रस्त भएको हो ।
परराष्ट्र मन्त्री कमल थापा सकारात्मक सन्देशसहित स्वदेश फर्किएकै दिन तीन दलले साझा धारणा बनाएर मधेसी दलसँग वार्ता गर्ने निर्णय गरेलगत्तै दुई मधेसी नेता काठमाडौं आएपछि सहमति जुट्ने चर्चा राजनीतिक वृत्तमा शुरु भएको छ ।












