१७ मंसिर, काठमाडौं । महोत्तरीमा सिमापारिबाट पेट्रोल ल्याएका स्थानीयलाई मधेसी मोर्चाका कार्यकर्ताले जिउँदै जलाउन खोज्दा मोर्चाकै कार्यकर्ता गम्भीर रुपले जलेका छन् । स्थानीयले भारतबाट पेट्रोल ल्याएको देखेपछि मोर्चाका कार्यकर्ताले पेट्रोल छर्केर मान्छे नै जलाउन खोजेका थिए ।

महोत्तरीको सम्सी नाकाबाट ल्याउँदै गरेको करिब ३५ लिटर पेट्रोल नियन्त्रयणमा लिएर आगोमा जलाउन खोज्दा मधेसी मोर्चाका एक कार्यकर्ता आफै जलेका हुन् । कम मात्रामा स्थानीयले घरायसी कामका लागि ल्याएको पेट्रोल जलाउन खोज्दा भोगेन्द्र गम्भिर घाइते भएका हुन् ।
सम्सी ७ का भोगेन्द्र यादवले स्थानीयसँग पेट्रोल खोसी आगोमा नष्ट गर्न खोज्दा आगो उनको शरीरमा प्रवेश गरेको मोर्चाका अर्का कार्यकर्ताले बताए । तत्कालै उपचारका लागी जनकपुर लगे पनि त्यहाँ सम्भव नभएको र काठमाडौं लगिएकोे समेत मोर्चाले बताए ।
पेट्रोल भित्र्याउने व्यक्ति भागेका कारण पहिचान खुल्न सकेको छैन । आगोबाट यादवको शरीर पूर्ण रुपमा जलेको उनका परीवारजनले बताएका छन् ।











