१७ मंसिर, २०७२ । प्रमुख तीन दलबीच आज छलफल भएको छ । आन्दोलनरत मधेसी मोर्चासँगको वार्ताका लागि साझा धारणा बनाउन प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दलको बैठक बसेको हो । प्रमुख दलबीच साझा धारणा नबन्दा हिजो मोर्चासँग हुने भनिएको वार्ता स्थगित भएको थियो ।
यसअघि मंसिर २ गते भएको वार्तामा मोर्चाले साझा धारणा बनाएर वार्तामा आउन प्रमुख दलहरुलाई आग्रह गरेको थियो । आज तीन दलको छलफलपछि मोर्चासँग हुने वार्ताको मिति तय गर्ने जनाइएको छ । तीन दलको यस्तो गृहकार्यका कारण मोर्चाले पनि गृहकार्य गर्न लागेको मोर्चाका नेता लक्ष्मणलाल कर्णले बताए ।












