१५ मंसिर, काठमाडौं । जनकपुरमा पार्टीको कार्यक्रम गर्न नसकेको कांग्रेसले समेत आफ्नो शक्ति काठमाडौंमै देखाउने भएको छ । एकातिर मधेसमा मधेसकेन्द्रित दलको प्रदर्शन र अर्कोतर्फ भारतीय नाकाबन्दीविरुद्ध एमाले र एमाओवादीले राजधानीमा युवा उतारेपछि कांग्रेसले पनि आफ्नो उपस्थिति देखाउन काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । काठमाडौं कांग्रेसले वुधबार काठमाडौंमा प्रदर्शन गर्न लागेको हो ।
काठमाडौं कांग्रेसका सभापति भीमसेनदास प्रधानले आज पत्रकार सम्मेलनको आयोजना गर्दै सरकारविरुद्ध आन्दोलन गर्ने जानकारी दिए ।
प्रधानमन्त्रीको निर्वाचनदेखि कांग्रेस मधसी दलको पुच्छर बनेको आरोप लाग्दै आएको छ । वुधबारको र्यालीमा कालोबजारी नियन्त्रण र मधेसी दलका मागको सम्बोधन गर्न दवाव दिइने प्रधानले बताए ।

‘अधिकार, न्याय र शान्तिको लागि दबाव’ नाम दिइरहेको र्याली दिउँसो १ बजे शान्तिबाटिकाबाट सुरु हुने बताइएको छ ।
मधेस आन्दोलनलाई समर्थन गर्दै नेपालमा उनले कांग्रेसको सरकारले दर्ता गरेको संविधान संशोधन प्रस्ताव अगाडि बढाउन आग्रह गरे ।
वुधबारको र्याली भारतीय हस्तक्षेप र नाकाबन्दीको विरोध नहुने उनले संकेत गरे ।
पत्रकार सम्मेलनमा काठमाडौंका सांसद तथा केन्द्रीय सदस्यहरु गगन थापा, ध्यान गोविन्द रञ्जित, दिपक कुईकेल र तिर्थराम डंगोल लगायतकाले मधेसको समस्या समाधानमा सरकार उदासिन भएको बताए ।
कांग्रेस सांसदहरुले तत्काल अघिल्लो सरकारले दर्ता गरेको संविधान संशोधनलाई अगाडि बढाए मधेसको आधारभूत मागहरु पुरा हुने दावी समेत गरे ।











