१४ मंसिर, नेपालगञ्ज । जबजब काठमाडौंमा वार्ताको कुरा हुन्छ तबतब वार्ता भाँड्ने र स्थिति भड्काउने काम सिमातिर हुन्छ । त्यस्तै भयो आज सोमबार पनि । प्रधानमन्त्री निवास वालुवाटारमा वार्ता डाकिए पनि मधेसी मोर्चाले विराटनगरमा बैठक बसेर आन्दोलन चर्काउने निर्णय गर्यो ।
त्यति मात्र होइन शान्त रहने रुपैडिया नेपालगञ्जको नाकामा आज स्थिति भड्काउन भाडामा मान्छे पठाउने काम भयो । फलस्वरुप जमुनाह नाकामा प्रहरी र धर्नाकारीका नाउँमा केहीबेर झडप भयो।
खासै अवरोध नहुने जमुनाह नाकामा एसएसबीले मान्छे पठाएर नेपाल प्रहरीमाथि ढुङ्गा हान्न लगाएको थियो। भारतीय योजनाअनुसार सिमांकनको कुरा उठाउनेृ दललहरुसँग काठमाडौंमा वार्ता हुँदा सिमा नाकामा स्थिति भड्काउने भारतीय रणनीतिअनुसार भारतीय दलालहरुले एसएसबीको आडमा सिमामा तनाव सिर्जना गर्ने गरेका छन् । अहिले पनि सीमा नाकामा तनाव कायमै छ ।
भारतीय दलालहरुले भारतीय भूमिमा गएर प्रहरीलाई ढुंगा हानेका थिए । ढुंगा प्रहारबाट एक प्रहरीले घाइते भएका छन् ।
भारतीय दलालहरुले नेपाल प्रहरीलाई लक्षित गरेर पेट्रोल बम प्रहार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखकले जानकारी दिएका छन् ।













