८ मंसिर, काठमाडौं । इन्धन अनुदानपछि अब चीनले नेपाललाई इन्डक्सन चुल्हो अनुदान दिने भएको छ । विद्युतबाट खाना पकाउन मिल्ने १० हजार वटा इन्डक्सन चुल्हो चीनले नेपाललाई दिने भएको हो ।
चीनले अनुदानको चुल्हो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसम्म ल्याइदिने भएको छ । चुल्हो नै काठमाडौंसम्म ल्याइदिने जानकारी चीनले दिएको वाणिज्य तथा आपूर्ति मन्त्रालयका उपसचिव शिवप्रसाद त्रिपाठीले जानकारी दिएका छन् ।
यो सहयोग चीनले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक–प्राविधिक सहायताअन्तर्गत रहेको आपूर्ति मन्त्रालयले जनाएको छ ।














