८ मंसिर, काठमाडौं । प्रमुख दलहरुले आन्दोलनरत मधेसी पार्टीका माग सम्बोधनका लागि उनीहरुसंग छुट्टाछुट्टै दुइपक्षीय छलफल गरी सहमतिको वातारण बनाउने भएका छन् ।
कांग्रेससहित सत्तारुढ दलहरुको सोमबारको बैठकले मधेसी दलका ठोस माग र उनीहरुले अपनाउने सक्ने लचकताबारे स्पष्ट भएपछि मात्र साझा धारणा बनाउने सकिने भएकाले पहिले द्विपक्षीय छलफल गर्ने सहमति गरेको छ ।
त्यही सहमतिअनुसार काग्रेसले आन्दोलनरत मधेसी दल तमलोपाका अध्यक्ष महन्थ ठाकुरलाई उनको निवासमै भेटेर छलफल गरेको छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले नेताहरुले पनि अनौपचारिकरुपमा मधेसीहरुसँग छलफलमा गर्न थालेका छन् ।
संसदमा अघि सारिएको संविधान संशोधन विधेयकमा मधेसी दलहरुले अहिलेसम्म औपचारिक सहमति गरेका छैनन् । त्यसैले संसदमा प्रस्तुत विधेयक उनीहरुसंगको सहमतिबेगर संशोधन गर्दा पुनः प्रश्न उठन् सक्ने भएकाले त्यो बवषयमा समेत प्रमुख दलहरुले मधेसीको धारणा बुझ्ने प्रयास गरेका हुन् ।












