७ मंसिर, काठमाडौँ । लगातारको मधेस आन्दोलनले नेपाली जनता आजित भएका छन् । आफ्नै देशका जनतालाई नाकाबन्दी लगाउने मोर्चाको व्यवहारबाट जनता आक्रोसित पनि छन् । अझ आफ्नै देशमा भारतको जय जय कार गर्ने माधेसी नेताहरु देखेर जनता रुष्ट छन् । त्यसैले मधेसी मोर्चाका नेताहरुलाई मधेस छाडेर बाहिर हिड्न धौ धौ परेको छ ।

जनतालाई अत्याचार गरेपछि जनताहरु नेतामाथी जाईलाग्न थालेका छन् । सोमबार पनि एक युवा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवमाथ्री जाइ लागेका छन् । मधेसमा जारी आन्दोलनले १०० दिन कटाएको अवसरमा सोमबार राजधानिको माइतिघरमा मधेसी मोर्चाले आयोजना गरेको मौन धारणा तथा श्रद्धाञ्जली सभामा एक युवाले मधेस आन्दोलनका कारण जनता समस्यामा परेको बताएपछि यादव कुलेलम ठोके ।

यादवले सभाको सम्वोधन गरेर सहभागीसँग कुराकानी गर्दै थिए । त्यतिकैमा कतैबाट एक युवा त्यहाँ आइपुगे । उनले यादवसँग मधेसीको आन्दोलनका कारण तेल, ग्यास नपाएको र जनताले दुःख पाएको गुनासो पोख्न थाले । उनले भने, ‘आन्दोलनका कारण म र म जस्ता नेपालीको घरमा चुल्हो बलेको छैन, के–को आन्दोलन हो, जनतालाई दुःख दिने काम गर्ने।’ उनको स्वर झनै चर्को हुँदै गयो । उनी यादवको नजिकै पुगेर उनीमाथि जाइलाग्न थाले ।
युवक झन् पछि झन् आक्रोशित हुँदै गएपछि यादव एकैछिनमा कुलेलाम ठोके । यादव टाप कसेपछि ती युवाले मधेस आन्दोलनविरुद्ध नाराबाजी गर्न थलेपछि प्रहरीले ती युवकलाई पक्रेर लग्यो ।











