७ मंसिर, काठमाडौं । उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नाकाबन्दीका कारण जनताले भोग्नुपरेको पिडामा सरकार संवेदनशिल रहेको बताएका छन् । सोमबार काठमाडौमा आयोजित कार्यक्रममा उनले नेपाली जनताको पीडाप्रति सरकार संवेदनशिल रहेको उल्लेख गर्दै समाधानका लागि कोसिस बताए । उनले आफ्नो स्वाभिमानका लागि कसैसँग सम्झौता नगर्ने उल्लेख गर्दै नेपालीले देखाएको धैर्यताको उच्च सम्मान गर्ने बताए । उनले भारतले लगाएको अघोषित नाकाबन्दी हटाउने प्रयत्न भईरहेको भन्दै सरकारको काममा शंका नगर्न आग्रह गरे । उनले अहिलको अवस्थामा सरकारले वैकल्पिक उपायहरुको खोजी गरिरहेको समेत बताए ।
उनले भारतसँग प्रतिस्पर्धा गर्न नभई विगतको दौत्य सम्बन्धका अन्य मुलुकहरुसँग सहयोग मागिरहेको धारणा व्यक्त गरेका थिए ।














