२ मंसिर, काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा पपुवा न्यु गिनीद्वारा नेपाल ३ विकेटले पराजित भएको छ । पहिले ब्याटिङ गरेर नेपालले दिएको २ सय २५ रनको लक्ष्य पपुवा न्युगिनीले दुई बल बाँकी छँदा पूरा गरेको थियो । नेपालका लागि सोमपाल कामीले ३, बसन्त रेग्मीले २ तथा शक्ति गौचन र सागर पुनले १, १ विकेट लिएका थिए ।

पपुवा न्युगिनीसँग यो नेपालको लगातार दोस्रो हार हो । सोमबार भएको खेलमा नेपाल २ विकेटले पराजित भएको थियो । २०१९ को विश्वकप छनोटको रुपमा रहेको विश्व क्रिकेट लिग च्याम्पियनपसिपमा नेपालले अहिलेसम्मका चार वटै खेल हारेर पुछारमा पुगेको छ ।











