२ मंसिर, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले मधेश आन्दोलनका नेतृत्वसँगको निर्णायक बार्ता नेपालका लागि घातक सावित हुने बताउनु भएको छ ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षतकार कार्यक्रममा उहाँले देशका नदी नाला दिएर भन्दा बार्ता असफल भएको जाती र संर्घषलाई निरन्तरता दिनु नै जाती हुने बताउनु भएको हो ।
यतिबेला मधेशबादी दलहरुसँग वार्ताको प्रमुख पात्रको रुपमा रहेकाहरुले निर्णायक बार्ता गर्दैछौ भनेर जसरी प्रस्तुत् भएका छन् यसले नेपालको हित नहुने र देशलाई दिर्घकालिन घाटा पु¥याउँदै नेपालका नदीनाला सुम्पदै वार्ता सफल पार्ने काम मात्र हुने उहाँको भनाई छ ।
नेपाली राजनीतिमा सबैभन्दा कमजोर नेताका रुपमा प्रचण्ड रहेको र प्रधानमन्त्री बनेका प्रचण्ड र बाबुरामले आफुले के काम गरे त्यसको विषयमा समेत समिक्षा गर्नु पर्ने भन्दै उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको देशका नाममा सन्देश सकारात्मकका रहेको उहाँको टिप्पणी थियो ।
सिंहदरबारमा झुन्डाएर राखिएका प्रधानमन्त्रीका तस्वीरहरु नियाल्दै कसको कार्यकालमा कस्ता काम भएका थिए भन्ने मुल्याँकन र समिक्षा गर्नु पर्ने भन्दै उहाँले हाल आएर अरुलाई दोष लगाउने परम्पराको रोग परित्याग गर्नु पर्नेमा जोड दिनु भयो ।
औषधिको हाहाकर छ अक्सिजन छैन तर पनि स्वास्थ्य मन्त्री के गरिरहेका छन् ? यो जटिल प्रश्न उब्जिएको छ । छिमेकी देशहरुमा नियुक्ति गरिएका राजदुतहरु के हेरेर बसिरहेका अन्य सहयोगी देशहरुसँग कुटनीतिक पहल गरि औषधि र अक्सिजन ल्याउन पहल गर्नु पर्ने जोड दिनु भयो ।
नेपालमा दुईवटा तराई रहेको विषयलाई बुझ्न नसक्नु र तराईका कामदारवर्ग यो तराई आन्दोलनको पिल्साईमा परेको भन्दै बिजुक्छेंले यतिबेला बिगतमा मन्त्री भइसकेका र जनताबाट पराजित भएका जमिन्दारहरुको आन्दोलनमा भारतका गुण्डाहरु आएर तराईका नेपालीलाई दुःख दिईरहेको बताउनु भयो । उहाँले भन्नु भयो तराई क्षेत्रबाट हटाईएको प्रहरी चौकिको बिस्तारमा ब्यापकता दिनुका साथै नेपाली सैनिकको समेत परिचालन गर्नु पर्छ ।
स्थानिय निकायको निर्वाचन गर्न सकिए नाकाबन्दीलाई समेत सहज पार्न सकिने भन्दै देशको हितका लागि समेत स्थानिय निकायको निर्वाचन गर्नु सरकार लागि पर्नु पर्ने उहाँको भनाई छ ।











