१ मंसिर, काठमाडौं । सूर्यदेवको श्रद्धाभक्तिपूर्वक आराधना र पूजा गरी मनाइने छठपर्वको अवसरमा आज अपराह्न राष्ट्रपति विद्यादेवी भण्डारीले गुह्येश्वरी कमलपोखरी लगाएत बिभिन्न तटमा पुगी पूजाअर्चना गरेकी छन् । राष्ट्रपति भण्डारीले गौरीघाटस्थित छठी मैय्याको मूर्तिमा पूजा गरेपछि त्यस क्षेत्रमा पूजा र दीप प्रज्वलन शुभारम्भ भएको थियो । त्यसपछि गौरीघाट परिसरमा अवस्थित सो मूर्तिमा दर्शन तथा पूजा गर्ने भक्तालुको घुइँचो लागेको थियो । राष्ट्रपति भण्डारीले त्यस क्षेत्रमा पूजाका लागि सजाइएको नदी किनाराको अवलोकन समेत गरिन् । राष्ट्रपतिलाई सो क्षेत्रमा स्थानीयले पुष्पगुच्छाले स्वागत गर्नुका साथै बटुकहरुले स्वस्तिवाचन गरेका थिए ।
छठ पर्वको तयारीका लागि छठ पूजा समितिले गौरीघाट, गुह्येश्वरी क्षेत्रको बागमती नदीमा सरसफाइका साथै ध्वजापताका र झल्लार बत्तीले दुलहीझँै सजाइएको छ ।












