भारत र असन्तुष्ट दल फेस सेभिङको मनस्थितिमा
२८ कात्तिक, काठमाडौं । भारतको आडमा भैरहेको मधेसका केही जिल्लामा भएको आन्दोलनबाट भारत र मधेसी मोर्चामा आबद्ध दल पछि हट्ने संकेत देखिएको छ । नेपालमा भारत विराधी भावना फैलिनु र अन्तर्राष्ट्रिय रुपमै भारतमाथि दवाव पर्नुले भारतले केवल फेस सेभिङ गर्ने अवस्थामा देखिएको विश्वस्त स्रोत बताउँछ । मधेसी दलले सिमा बन्द गराएको भन्दै आएको भारतले यतिवेला न्युनत्तम कुराहरु मानरै सहमति गर्न मधेसी दलहरुलाई आदेश दिएको छ ।
संयुक्त राष्ट्र संघ लगायत विश्वका शक्तिशाली मुलुकले भारतलाई नेपालको पारवहन अधिकार हनन नगर्न आग्रह गरेपछि भारत यतिवेला नाकाबन्दी आफूले नगरेको र नेपालकै मधेसीहरुले गरेको हो भन्ने प्रमाणित गराउन लागि परेको छ । आफूमाथि निरन्तरको दवाव परेकोले चाँडै नाका खोल्न भारतले चाहे पनि मधेसी दलहरुले सहमति नगरेसम्म नाका खोल्दा भारतले नै नाकाबन्दी गरेको स्पष्ट हुने भएकोले भारतले तत्काल नाका नखोलेको भारतीय दूतावासका अधिकारीहरु बताउँछन् ।
भारतको यही आदेशअनुसार सहमतिको वातावारण बनाउन असन्तुष्ट मधेसी दल संसदमा फर्केको र विस्तारै विस्तारै सेफ ल्याण्डिङ खोजिरहेको उच्च स्रोतको दावी छ । मधेसी दल पनि त्यतिकै आन्दोलन छाड्दा पराजित भएको ठहर्ने भएकोले सिमांकनमा आयोग गठन गर्ने सहमतिमै मधेसी दल मान्ने स्थिति देखिएको सरकारमा सहभागी उच्च स्रोतले नेपालदेश डटकमलाई बतायो । सिमांकनका लागि विज्ञहरुको आयोग गठन गर्ने प्रावधानको सट्टा राजनीतिक आयोग गठन गर्ने र त्यसमा मधेसी मोर्चाका नेताको समेत सहभागिता रहने गरी सहमति हुन लागि समेत उक्त स्रोतले जानकारी दिएको छ ।












