२७ कात्तिक, काठमाडौं । राष्ट्र संघका महासचिव वान कि मुन र नेपाली कांग्रेसका सभापति सुशील कोइरालाबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका कोइरालासँग मुनको हिजो वार्ता भएको हो । भेटका अवसरमा मुनले नेपालमाथि भारतले लगाएकोनाकाबन्दीका कारण नेपालको स्वतन्त्र पारवहनको अधिकार हनन भएको र मानवीय संकट उत्पन्न भएको प्रति राष्ट्रसंघ चिन्तित रहेको बताएका हुन् ।

बिहीबार अपरान्ह राष्ट्रसंघीय मुख्यालय न्यूयोर्कमा भएको भेटमा महासचिव मुनले यो संकट समाधानका लागि आफूले सक्दो सहयोग गर्ने आश्वासन मुनले दिएका छन् ।
भेटमा महासचिव मुनले संविधान जारी गर्न सफल भएकोमा सभापति कोइरालालाई बधाई दिएका थिए ।
मुनसँगको भेटमा सभापति कोइरालाले नेपालको सवैभन्दा महत्वपूर्ण छिमेकी र भूकम्पका बेला सवैभन्दा धेरै सहयोग गरेको भारतले नाकाबन्दी लगाउँदा आफु चिन्तित भएको बताएका थिए ।











