२७ कात्तिक, काठमाडौं । हङ्कङ र चीनसँग शंकास्पद सम्बन्ध रहेको भनिएका प्रचण्डको योजनामा चिनियाँ व्यापारीका माध्यमबाट नेपालमा इन्धन भित्र्याउने तयारी भएको छ । यही योजनाका लागि प्रचण्डका निकट व्यक्ति गणेशमान पुन आपूर्तिमन्त्रीलाई प्रचण्डले सुटुक्क हङकङ पठाएका छन् । पेट्रोलियम तस्करीको विभिन्न योजना बनिरहेका बेला प्रचण्डले आफूलाई ठूलो कमिसन प्राप्त हुने गरी चीनबाट इन्धन भित्र्याउने योजना बनाइरहेको गोप्य स्रोत बताउँछ । भारतले इन्धन नदिएको समयमा चीनबाट इन्धन ल्याउँदा प्रशंसा पनि पाइने र कमिसन पनि पाइने भएकोले प्रचण्डले व्यापारीहरुसँग कुरा मिलाउन आपूर्तिमन्त्रीलाई विहीबार राति हङकङ पठाएका हुन् । कर्मचारीले चीनबाट तेल ल्याउन नदिएर षडयन्त्र गरेको भन्ने वाहनामा आपूर्तिमन्त्री सुटुक्क हङकङ गएका हुन् ।
आपूर्तिमन्त्री सुटुक्क हङकङ गएपछि भारतबाट कमिसन खाइरहेका आयल निगमका कर्मचारी र मन्त्रालयकै अधिकारी छटपटाउन थालेका छन् । अनेक षडयन्त्र र प्रचञ्च गरेर भारतीय पक्षको रकम खाइरहेका मन्त्रालयका कर्मचारी र निगमका कर्मचारीले भारतबाट खप्की खानुपर्ने र रकम समेत खोसिने भएको छटपटाउन थालेका हुन् । उनीहरुले यतिवेला मन्त्रीमाथि नै प्रश्न उठाउँदै नेपाल आउन लागेको चीनियाँ टोलीलाई छल्नका लागि मन्त्री हङकङ गएको आरोप लगाउन थालेका छन् । नेपालमा इन्धन आपूर्तिबारे छलफल गर्न चिनियाँ टोली स्वयम् नेपाल आउँदैछ । नेपाल सरकारले नै १५ नोभेम्बरदेखि २० नोभेम्बरको बीचमा नेपाल आउन चिनियाँ टोलीलाई निम्तो दिएको छ ।

आपूर्ति मन्त्रालयका उच्च अधिकारीलाई समेत जानकारी नदिई झण्डै भूमीगत शैलीमा मन्त्री पुन गएराती हङकङ उडेपछि उनको भ्रमणबारे यतिबेला कर्मचारीले शंका उब्जाएका छन् ।
उनी आफु निकट सहयोगी र प्रचण्ड निकट ब्यापारीका साथ हङकङ पुगेका हुन् ।
धेरैपल्ट आपूर्ति मन्त्री बनेर आयल निगम डुबाएका राजेन्द्र महतोले अहिलेसम्म पनि भारतीय पक्षबाट तेलको कमिसन पाउने गरेको स्रोत बताउँछ । उनले भर्ना गरेका कर्मचारी र व्यापारिक समझदारीका कारण महतोले अहिलेसम्म पनि आइओसीबाट कमिसन पाउने गरेको भारतीय दूतावास स्रोत बताउँछ । तर अब यो सम्बन्ध तोडिने र चीनबाट इन्धन आए प्रचण्डलाई निरन्तर कमिसन आउने योजना बन्न लागेकोप्रति केही जानकारहरु चिन्ता व्यक्त गर्दछन् ।











