२५ कात्तिक, काठमाडौं । नयाँ संविधान नमानेको भनी उफ्रेका केही मधेसी नेताहरु नयाँ संविधानअनुसार निर्वाचित राष्ट्रपतिकाृ भोज खान भने पुगेका तन् । राष्ट्रपति विद्यादेवी भण्डारीले तिहार, नेपाल संवत्को नयाँ वर्ष र छठका उपलक्ष्यमा आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजना गरेको विशेष भोज कार्यक्रममा मधेसी ्नेताहरु पुगेका थिए ।
समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख ओनसरी घर्तीका साथै व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, सद्भावना पार्टीका सहअध्यक्ष लक्ष्मणलाल कर्ण, अन्य दलका अध्यक्ष तथा पदाधिकारी, पूर्वप्रधानमन्त्री लगायतको सहभागिता थियो ।
सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुक र जनताले भोगिरहेको वर्तमान दुःख र कठिनाइ हटाउनका लागि सबै दल र नेताहरुलाई मिलेर काम गर्न आग्रह गरेको राष्ट्रपति स्वकीय सहसचिव शिव भट्टराईले जानकारी दिए ।
भण्डारीले मधेसका नेताहरुसँग सौहाद्र्रको वातावरण बनाउन सिमित व्यक्तिहरुलाई मात्रै शितल निवास बोलाएको स्रोत बताउँछ ।












