२५कात्तिक, काठमाडौं । भारतले नेपालमाथि गरेको नाकाबन्दी हटाउन राष्ट्र संयुक्त संघले पहिलोपटक आग्रह गरेको छ । राष्ट्र संघका महासचिव वान कि मुनले गरेको आग्रह भन्दै प्रवक्ताले भारतलाई यस्तो आग्रह गरेका हुन् ।
राष्ट्रसंघीय महासन्धि तथा अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लंघन गर्दै भारतले नेपालमाथि गरिरहेको नाकाबन्दी तत्काल हटाउन संयुक्त राष्ट्रसंघका महासचिव बानकी मुनले भारतलाई आग्रह गरेका हुन्। महासचिव मुनले भूपरिवेष्ठित मुलुकले पाउने हक र मानवीय कारण उल्लेख गर्दै ढिला नगरी भारतलाई नाकाबन्दी अन्त्य गर्न भनेका छन्।

दैनिक प्रेस ब्रिफिङ क्रममा महासचिवका प्रवक्ताका स्टेफेन डिजोरिकले नेपाल—भारत सीमामा भइरहेको अवरोधबारे महासचिवले गम्भीर चासो लिएको उल्लेख गरे। ‘भूकम्प पीडित नेपालका गाउँहरुमा सामग्री आपूर्ति गर्न इन्धनको चरम अभावले अवरोध भइरहेको छु, महासचिव मुनले भनेका छन्- ‘जाडो मौसमसँगै उच्च हिमाली र पहाडी क्षेत्रमा खाद्य सामग्री, लत्ता कपडा र बसोबासका सामग्री आपूर्ति गर्न मानवीय संस्थाहरुलाई तत्काल इन्धन आवश्यक छ।’
महासचिव मुनले भूवपरिष्ठत मुलुकले पाउने अधिकारका आधारमा कुनै ढिलाई नगरी तत्काल नाकाबन्दी खोल्न सबै पक्षसँग आग्रह गरेको प्रवक्ता डिजोरिकले बताए।











