२४ कात्तिक, रौतहट । गौर चन्द्रनिगाहपुर सड्क खण्ड अन्तर्गत रौतहटको बालचनपुर चोकमा मंगलवार विहान भएको दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एउटै मोटरसाइकलमा सवार चार जना रहेका छन् । दिपावली र छठ पर्व मान्न काठमाण्डौबाट औरैया आउन थालेका युवाहरुको दुर्घटना परेका हुन ।
चन्द्रनिगाहपुर गौर तर्फ आउदै गरेको ना।३३ प। २०६८ नम्वरको मोटरसाइकल र विपरित दिशाबाट आएको ना ५ ख ९७९१ नम्वरको मिनी ट्रक पिकअप भ्यान एकआपसमा ठोक्किँदा मोटरसाइकलमा सवार चार जना युवकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।
दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको औरैया गाविसका २ का २२ बर्षीय विवेक सिंह, २४ बर्षीय कामोद सिंह, २५ बर्षीय जयप्रकाश यादव र सखुअवा धमौरा गाविसका २६ बर्षीय रुपेश कुमार यादव चालक रहेको रौतहटका प्रहरी नायव उपरिक्षक राजेन्द्र पोखरेलले जानकारी दिए ।
तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो भने गम्भीर घाइते जयप्रकाश गुप्ताको उपचारको क्रममा चन्द्रनिगाहपुर अस्पतालमा मृत्यु भएको थियो ।
झण्डै तीन महिनादेखि सदरमुकाम गौरबाट साना तथा लामो दुरीका सवारी साधन चलेका छैनन तर चन्द्रनिगाहपुरबाट रात्रिबस र सुमो गाडीहरु सञ्चालन भएका कारण रौतहटको दक्षिणी भेगका सयौं यात्रुहरु मोटरसाईकलले चन्द्रनिगाहपुरसम्म पुग्ने गरेका छन ।











