२३ कात्तिक, काठमाडौं । सबैभन्दा धेरै उपप्रधानमन्त्री नियुक्त गरेर नाम कमाएका प्रधानमन्त्री केपी शर्मा ओलीले आज फेरि दुई राज्य मन्त्री र दुई सहायक मन्त्री थपेका छन् । मन्त्रीमण्डल विस्तारसँगै ओलीको मन्त्रीपरिषद् ३२ जनाको बनेको छ ।

ओलीले सत्ता साझेदार राप्रपा नेपालबाट राज्य मन्त्री र दुई सहायक मन्त्री नियुक्त गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । स्थानीय विकास राज्यमन्त्रीमा कुन्तीकुमारी शाही र सहायकमन्त्रीमा विराज विष्ट नियुक्त भएका छन् ।
यस्तै भूमिसुधार राज्यमन्त्रीमा विक्रमबहादुर थापा र सहायक मन्त्रीमा दिनेश श्रेष्ठ नियुक्त भएका छन् । नवनियुक्त राज्यमन्त्री र सहायकमन्त्रीले सोमबार प्रधानमन्त्री ओलीसमक्ष पद तथा गोपनियताको सपथ लिएका छन् ।
ओलीको मन्त्रीमण्डलमा उपप्रधानमन्त्री छ जना छन् भने १७ मन्त्री छन् । राज्यमन्त्री चार र सहायमन्त्री दुई जना भएका छन् ।












