२३ कात्तिक, काठमाडौं । काठमाडौंबाट इस्तानबुल उडेको टर्किस एयरलायन्सको जहाजमा चरा ठोकिएको छ। टेकअफ गर्नै लाग्दा गर्दा चरा ठोकिएको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको उच्च स्रोतले जानकारी दिएको छ। कोटेश्वरतर्फबाट उडेको जहाजमा चरा ठोकिएपछि ठूलो आवाजसहित आगोको झिल्का देखिएको स्थानीय प्रत्यक्षदर्शीले बताए। यद्यपी चालकहरुले जहाजमा कुनै असर नपरेको भन्दै गन्तव्यतर्फको उडानलाई निरन्तरता दिएका थिए।

जहाज नेपाली समय अनुसार १ बजेर १ मिनेटमा काठमाडौंबाट उडेको थियो। सय बढी यात्रु बोकेर दिल्लीका लागि उडेको टीएचवार्इ २२७ टर्किस जहाजले उचाईं लिनेबित्तिकै चरो ठोक्किएपछि बम पड्कैजस्तै आवाज आएको थियो ।
विमानस्थलले जहाजले टेकअफ गरेर चार फिटमाथि आकाशमा चरा ठोक्किएको पुष्टि गरेको छ।











