१८ कात्तिक, सिन्धुपाल्चोक । भूकम्पपछि बन्द तातोपानी नाका खुलाउन भन्सार विभाग र ल्हासा भन्सार विभागबीच सहमति भएको छ ।

चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी वैशाख १२ को भूकम्पपछि बन्द छ । भूकम्पका कारण सीमापारि खासामा ठूलो क्षति पुगे पनि यथाशीध्र नाका खोल्ने आश्वासन चिनिया अधिकारीले दिएको भन्सार विभागका प्रवक्ता सूर्य सेढाईले बताएका छन् ।
भूकम्पले क्षतिग्रस्त भएपछि तिब्बत प्रशासनले खासाका स्थानीयलाई त्यहाँबाट अन्यत्र स्थानान्तरण गरेका छन्। स्रोतका अनुसार चीनले तातोपानी नाकामार्फत हुने व्यापार पनि रसुवागढीतर्फ ुडाइभर्टु गर्ने योजना बनाएर रसुवागढीपारि झेलुङमा भन्सार प्रयोजनका लागि भव्य पूर्वाधार निर्माण गरेको छ।











