१६ कात्तिक, वीरगंज । पर्साको वीरगंजको स्थिति नियन्त्रणभन्दा बाहिर गएपछि स्थानीय प्रशासनले अनिश्चितकालीन कर्फ्यु जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्साले सोमबार तीनबजेदेखि अनिश्चितकालीन कर्फ्यु जारी गरेको हो । कर्फ्यु उल्लंघन गर्ने लाई स्थानीय प्रशासन ऐन ६ (क) अन्तरगत कारवाही गर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

वीरगंजनको राधेमाइ, पावर हाउस, प्रतिमा चोक, नगवा, छपकैया, आदर्शनगर, वसपार्क लगायतका क्षेत्रको पाँच सय मिटर वरपरसम्म कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयका प्रवक्ता तथा सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।











