१५ कात्तिक, काठमाडौं । भारतसँग नेपालको पेट्रोलियम कारोबार भएको पहिलो चरणमै अनेक कठिनाइका बाबजुद पनि शतप्रतिशत पेट्रोल दिएको छ । चीनले नेपालबाट पेट्रोल लिन चीनको केरुङ पगेको पहिलो चरणका सबै ट्याङ्करमा पेट्रोल भरेर नेपाल नाकासम्म सकुसल पुर्याउन सहयोग गरेको छ । नेपालबाट केरुङ गएबका सबै ट्यांकरले चीनले उपलब्ध गराएको अनुदानको तेल भरेर फर्केका छन् । काठमाडौं बाट गएा १२ वटा ट्यांकर चीनबाट तेल लिएर नेपाल भित्रिएका हुन्। शनिबार तीन ट्यांकर तेल भरेर रसुवागढी आएका थिए। आइतबार थप ९ ट्यांकर पनि केरुङमा तेल भरेर रसुवागढी आइपुगेका छन्।
ती सबै ट्यांकर काठमाडौं आउने क्रममा छन्। नेपाल आयल निगमका प्रवक्ता दीपक बरालका अनुसार १२ वटा ट्यांकरमा सत्तरी मेट्रिक टनभन्दा बढी पेट्रोल नेपाल भित्रिएको छ।
शनिबार दिउँसो चारवटा ट्यांकर तेल लिन केरुङ गए पनि हिमपातका कारण उताबाट आउनुपर्ने तेल नआएकोले एउटा ट्यांकर रित्तै फर्किएको हो। बाँकी रहेका नौ ट्यांकर आइतबार बिहान केरुङ पुगेर तेल भरेर रसुवागढी फर्किएका हुन्।
ट्यांकरसँगै नेपाल आयल निगमका प्रवक्ता दीपक बरालसहित नेपाली टोली र पेट्रो चाइनका तीन अधिकारी पनि केरुङ गएका थिए।
केरुङभन्दा २० किलोमिटर टाढा भारी हिमपातले गर्दा सिगात्सेबाट तेल बोकेर आएका गाडी केरुङ आउन ढिलाइ भएको हो। हरेक ट्यांकरको क्षमता १२ हजार लिटर भए पनि अप्ठ्यारो बाटो भएकोले नौहजार लिटर लोड गरिने छ।
चीनले अनुदानमा नेपाललाई उपलब्ध गराएको पेट्रोल लिन शुक्रवार दर्जन ट्यांकरसहित नेपाली सरकारी टोली रसुवा पुगेको थियो। चीनले अनुदानमा १० हजार मेट्रिक टन तेल उपलब्ध गराएको छ।
डेढ महिनादेखि नाकाबन्दी लगाएर भारतले इन्धन आपूर्ति रोकेको छ। इन्धन आपूर्ति सहज गराउन पटकपटक पहल तथा पत्राचार गर्दा पनि प्रगति केही नभएपछि सरकारले चीनबाट इन्धन आपूर्ति गर्न सम्झौतासमेत गरिसकेको छ।
नेपाल चीनबीचको पेट्रोलियम कारोबारको पहिलो चरणमै शतप्रतिशत सफलता प्राप्त भएकोले नेपाल चीनबीचको पेट्रोलिय म कारोबार आगामी दिनमा सहज रुपले अगाडि बढ्ने निश्चित देखिएको छ ।












