१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले सभापति सुशील कोइराला र वरिष्ठ नेता शेरबहादुर देउवाले गरेको षडयन्त्रका कारण राष्ट्रका प्रमुख अंगबाट कांग्रेसले हात धुनु परेको बताएका छन् । राज्यका प्रमुख अंग र पार्टी सभापतिमा रामचन्द्र पौडेल नपुगोस् भनी कोइराला र देवाले छेक्न खोज्दा कांग्रेले सबै गुमाउनु परेको उनले बताए ।
नागरिक दैनिकसँगको कुराकानीमा पौडेलले आफ्ना सभापतिलाई केहीले प्रभाव पारेकै कारण विग्रिएको पनि दावी। पार्टी सभापति सुशील कोइरालालाई केहीले तपाईँले संविधान बनाएपछि संशोधनसहितका काम आफैंले पूरा गरेर छाड्नुपर्छ भनेर लालायित बनाएको पौडेलले बताए ।
पार्टी बरिष्ठ नेता शेरबहादुर देउवाले पनि पार्टीको आगामी महाधिवेशनलाई ध्यानमा राखेर रामचन्द्र सभापति हुनुभन्दा बरु सुशील नै भए होस् भन्ने योजना बनाएकोले यस्तो भएको दावी समेत पौडेलले गरेका छन् ।












