१४ कात्तिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आईतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।
बैठक आईतबार बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।
काँग्रेस केन्द्रीय कार्यालयका अनुसार पछिल्लो समयमा राष्ट्रपति, प्रधानमन्त्री लगायतका पदमा पार्टीले दिएको उमेद्वारीको वारेमा वैठकमा छलफल हुने छ । यस्तै मधेश आन्दोलन र भारतले लगाएको अघोषित नाकाबन्दी एवम् पार्टीको १३ औं महाधिवेशनको बारेमा समेत वैठकमा छलफल हुने बताईएको छ ।












