१२ कात्तिक, काठमाडौं । आगामी आइतबार सिमांकनबारे छलफल गर्ने गरी सरकार मधेसी मोर्चाबीचको वार्ता विनानिष्कर्ष टुंगिएको छ । विहीबार सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच भएको छलफल सीमांकनसहितका राजनीतिक मुद्दामा प्रवेश गर्न नै सकेन ।
बिहीबार सरकारी र मोर्चाको टोलीबीच परराष्ट्र मन्त्रालयमा वार्ता भएको थियो । तर, सरकारी वार्ता टोलीको तयारी नपुगेको भन्दै मोर्चाको मुख्य माग सीमांकनबारे छलफल नै हुन सकेन ।
१५ गते ४ बजे सीमांकनबारे छलफल गर्ने सहमति भएको सरकारी वार्ता टोलीका सदस्य एवं मन्त्री रामजनम चौधरीले जानकारी दिए ।

वार्तामा सरकारी टोलीमा आन्दोलनमा क्रममा मृत्यु भएकाको परिवारलाई क्षतिपूर्ति, घाइतेको उपचार लगायतका माग सम्बोधन गर्ने तयारी भइरहेको जानकारी गराएको थियो ।
वार्ताअघि बसेको राजनीतिक संयन्त्रले पूर्वसर्तहरुमा लिखित प्रतिवद्धता जनाउने अधिकार वार्ता समितिलाई दिएको थियो । तर, वार्तामा सरकारी टोलीले कुनै लिखित प्रतिवद्धता नजनाएको एक सदस्यले बताए ।
सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच बिहीबार पनि सीमांकनसहितका राजनीतिक











