९ कात्तिक, काठमाडौं । आफगानिस्तान र पाकिस्तान सीमामा शक्तिशाली भूकम्प गएको छ । नेपाली समय अनुसार करिब ३ बजे भूकम्प गएको हो ।नेपालको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले अफगानीस्तानको सीमा क्षेत्रमा भूकम्प गएको जानकारी दिएका छन् ।
अमेरिकी भूकम्प अनुसन्धान केन्द्र यूएसजीएसका अनुसार भूकम्प ७ ७ म्याग्नीच्युडको थियो । भूकम्पको धक्का पाकिस्तान, अफगानिस्तानसहित भारत र नेपालमा समेत गरिएको थियो । भारतको नयाँ दिल्लीमा समेत शक्तिशाली धक्काको महसुस गरिएको छ । दिल्लीसम्म भूकम्पले क्षति पुर्याएको अनुमान गरिए पनि विस्तृत विवरण आउन सकेको छैन ।












