२८ असोज, काठमाडौं । पार्टी महासचिव कृष्णबहादुर महराको नेतृत्वमा एमाओवादी सरकारमा सहभागी हुने भएको छ । एमाओवादी स्थायी समितिको बैठकले सरकारमा पार्टीको तर्फबाट जाने मन्त्रीहरूको नाम टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिंदै उपप्रधानमन्त्रीमा भने महराको नाम टुंगो लगाएको हो ।

सभामुखमा भने प्रमुख सचेतक गिरीराजमणि पोखरेलले नमानेपछि निवर्तमान उपसभामुख ओनसरी घर्तिलाई पठाउने सहमति भएको छ । पोखरेलले आफू पार्टी संगठनमा सक्रिय रूपले काम गर्न चाहेको भन्दै सभामुखमा नजाने अडान लिएका हुन् ।
अब पोखरेल मन्त्री बन्नेछन् । पोखरेलसहित टोपबहादुर रायामाझी, शक्ति बस्नेतलगायत मन्त्री बन्ने लगभग पक्का भएको एमाओवादी स्रोतले जनाएको छ ।











